काठमाडौँ । जेनजीहरुले गत भदौ २४ गते मरणासन्न हुनेगरी कुटेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा अहिले अस्पतालको बेडमा छन् ।
अहिलेसम्म देउवाले भने मुख छैनन् । उनको टाउको १२ टाँका लागेका छन् । तर, आरजु भने पार्टीको गतिविधिप्रति निकै सक्रिय भएकी छन् । आरजुको सक्रियतालाई हेर्दा लाग्छ- शरीरमात्रै अस्पतालको बेडमा छ, उनको मन भने पार्टीको पदमै छ ।
जेनजी आन्दोलनपछि नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस सुरु भएको छ । खास गरी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जेनजीको आन्दोलनपछि विशेष परिस्थिति भन्दै विशेष महाधिवेशनको विषय उठाइरहेका छन् । गगन र विश्वप्रकाशले विशेष महाधिवेशनबाट पार्टी सभापति देउवालाई हटाउने तयारी गरिरहेका छन् ।
तर, केन्द्रीय समितिमा देउवा पक्ष हावी छ । त्यसैले उनीहरूले हस्ताक्षर अभियान नै चलाउने तयारी गरिरहेका छन्। ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था छ।
हस्ताक्षर संकलन गरेर विषेश महाधिवेशनमा जाने र त्यसपछि देउवालाई पराजित गर्ने गगनको रणनीति हो । पार्टी सभापतिबाट देउवालाई हटाउने तयारी भएपछि उता अस्पतालमा भने आरजुलाई छटपटि भइरहेको छ ।
पार्टी सभापतिबाट देउवालाई हटाए आरजुको राजनीतिक जिवन पनि धरापमा पर्नेछ । किन की पार्टी सभापतिमात्रै हुन् देउवा त । देउवाको पछाडिबाट सिंगो पार्टी चलाउने त आरजु हुन् ।
आरजुको रणनीति अनुसारनै देउवा काम गर्ने गरेको कांग्रेसका नेताहरुको आरोप छ । देउवाले नै आरजुलाई समानुपातिकबाट सांसद बनाएर परराष्ट्रमन्त्रीसमेत बनाइदिए । अब देउवा पार्टी सभापतिबाट बाइपास भएपछि कांग्रेसमा आरजुको रजगजको अन्त्य हुनेमा कुनै दुई मत छैन । त्यसैले आरजुले अस्पतालबाट नेताहरुलाई फोन गरेर पिलिज अब देउवाको उत्तराधिकारी तपाईहरु नै हो विषेश महाधिवेशनको कुरा नगर्नु भन्दै आग्रह गरिरहेकी छन् । केही दिन यता आरजु नेताहरूलाई फोन गर्नमा व्यस्त छिन् ।
फोन गर्दै आरजुले नेताहरुलाई भन्ने गरेकी छन्, ‘पिलिज अहिले विशेष महाधिवेशनको कुरा निकालेर घाउमा नुन छर्ने काममा नलाग्नू, भोलि पार्टीमा सभापतिजीको उत्तराधिकारी त तपाईं नै त हो ।’ तर, आरजुको कुरा सुन्ने मुडमा गगन र विश्वप्रकाश छैनन् । उनीहरु जसरी भएपनि पार्टी नेतृत्वबाट देउवालाई बाइपास गर्ने रणनीतिमा छन् ।