आइतवार, श्रावण २४ गते २०८३

कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मैझारो’को टिजर सार्वजनिक

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । आगामी कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर,मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेमवरिपरि घुमेको छ ।

इलामको दृश्यसँगै गाउँले परिवेशमा अभिनेता धिरज मगरलाई देख्न सकिन्छ । चिया बगानमा चिया टिप्न ढोको बोकेकी मिरुना मगरलाई डोको बोकेको देख्न सकिन्छ । सायद उनी चिया बगानमा चिया पत्ती टिप्ने काम गरेकी हुन कि भन्ने बुझिन्छ । धिरज र मिरुनाको प्रेम टिजरमा देख्न सकिन्छ । तर, कुनै बाध्यताले धिरज दिया पुनसँग नजिकिएका छन् ।

त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म ‘मैझारो’ लाई तक्मेबुढा (विल्सन विक्रम राई) को निर्देशक र कथामा बनेको हो । फिल्ममा धिरज,मिरुना र दियाका साथमा दयाहाङ राई,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश भएको छ ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ । राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको मीठो स्वर सुन्न पाइनेछ ।

सौरभ लामाले छायांकन गरेका फिल्मको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ ।

https://youtu.be/DUAd_nxbnUI?si=gkubMfmcM0Ft1Wul

प्रतिक्रिया
सम्बन्धित समाचार