अबुधाबीमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको श्रीलङ्काले ८ विकेट गुमाएर १३३ रन बनायो । श्रीलङ्काका कामिन्दु मेन्डिसले ५० रन बनाए । पाकिस्तानका शाहीन शाह अफ्रिदीले तीन, हरिस रउफ र मोहम्मद हुसेनले समान दुई तथा अबरार अहमदले एक विकेट लिए ।
यो जीतसँगै पाकिस्तान सुपर–४ को तालिकामा २ खेलमा २ अङ्कसहित दोश्रो स्थानमा उक्लिएको छ । समान खेलमा जीतविहिन श्रीलङ्का पुछारमा छ । सुपर–४ मा समूह एबाट भारत र पाकिस्तान तथा समूह बीबाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन् ।
एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ मा बुधबार भारत र बङ्गलादेश खेल्दैछन् ।