आइतवार, आश्विन २५ गते २०८३

एमाले स्थायी कमिटी बैठक बस्दै, नेपालको साथ छाडेकाहरु पनि सहभागि हुने

मंगलवार , भाद्र ८, २०७८

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बिहान ११ बजे बस्दै छ।

तुलसीलाल अमात्य भवन च्यासलमा बस्ने बैठकमा एमाले विभाजनका बेला माधवकुमार नेपाललाई साथ नदिएका नेताहरू पनि सहभागी हुने प्रचार विभाग प्रमुख तथा पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

माधव नेपालको नयाँ पार्टीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरूले १० बुँदे सहमति अक्षरश: कार्यान्वयन गर्न अल्टिमेटम दिएका थिए।  उनीहरूले सोमबार अध्यक्ष ओलीसँग छलफलसमेत गरेका थिए। 

छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको र त्यसअनुसार नै बैठक बोलाइएको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार