आइतवार, श्रावण २४ गते २०८३

टिचिङ पुगेर सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनमा घाइते भएकाहरुसँग भेट गरे

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुसँग भेट गरेका छन् ।

शुक्रबार मध्यान्ह सञ्चारमन्त्री खरेल त्रिवि शिक्षण अस्पताल पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेटेका हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो । आन्दोलनमा गोली लागेर सयौँ घाइते भएका छन् ।

आन्दोलनकै उपलब्धिस्वरुप तत्कालीन केपी शर्मा ओली सरकार पतन भयो र अन्तरिम सरकारकी प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भइन् । कार्की मन्त्रिपरिषद्मा सञ्चारमन्त्रीको रुपमा खरेल नियुक्त भएका छन् । मन्त्री नियुक्त भएको केही दिनपछि उनले जेनजी आन्दोलनका घाइतेहरुसँग भेट गरेर उनीहरूको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् । साथै घाइतेहरूको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीसँग उनले घाइतेहरूको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने र जेनजीको चाहनाअनुसार आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार