सोमवार, श्रावण २५ गते २०८३

कप्तान पौडेलले आफ्नो म्यान अफ दि म्याचको अवार्ड जेनजीका सहिदलाई समर्पित गरे

आइतवार , आश्विन १२, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आफूले पाएको म्यान अफ दि म्याचको अवार्ड जेनजी आन्दोलमा सहिद भएकालाई समर्पित गरेका छन् ।

उनले शनिबार भएको वेस्ट इन्डिजविरुद्धको खेलमा शान्दार प्रदर्शन गरेपश्चात उक्त अवार्ड पाएका थिए । अवार्ड पाएपछि उनले भने, ‘मैले पाएको म्यान अफ दि म्याचको अवार्ड नेपालमा जेनजी आन्दोलनमा सहिद भएकोहरूलाई सर्मिपत गर्न चाहन्छु ।’

गत भदौ २३ र २४ गते भएको आन्दोलनमा परि ७४ जनाले ज्यान गुमाएका छन् । नेपालले शनिबार वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दा ऐतिहासिक जित निकालेको छ ।

अब नेपालले सोमबार र मगंलबार वेस्ट इन्डिजसँग दोसो र तेस्रो सिरिज खेल्ने छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार