आइतवार, आश्विन २५ गते २०८३

एमालेको स्थायी कमिटी बैठक सारियो, अब ३ बजे बस्ने

मंगलवार , भाद्र ८, २०७८

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ। 

आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो तीन बजेका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठक सारिनुको कारण भने खुलाइएको छैन।

दिउँसो ३ बजेको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्नेछ। बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरश: कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार