काठमाडौँ । धादिङ हस्पिटल प्रा. लि ले इलाका प्रहरी कार्यालय गजुरीको आदमघाटस्थित प्रहरी चौकीलाई विभिन्न अत्यावश्यक उपकरण सहयोग गरेको छ । प्रहरीका लागि प्रिन्टर, कम्युटर, मापासे चेकजाँच गर्ने ब्रेथ एनालाईजर, भित्ते घडी, टेबल स्टाण्ड झण्डा प्रदान गरिएको हो ।
अस्पतालको तर्फबाट प्रदान गरिएका उपकरण धादिङ हस्पिटल प्रालि आदमघाटका अध्यक्ष विकास सापकोटाले इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक विकास थापालाई हस्तान्तरण गरेका हुन् ।
अस्पतालको तर्फबाट अत्यावश्यक सामाग्री पाएपछि इलाका प्रहरी कार्यालय, गजुरीका प्रमुख थापाले शान्ति सुरक्षा कायम गर्न थप सहज हुने विश्वास गरे ।
ब्रेथ एनालाइजर भने ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख तथा प्रहरी निरीक्षक सुरज श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । सहयोग गर्ने हस्पिटलका अध्यक्ष सापकोटाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको जानकारी दिएका छन् । सहयोग कार्यक्रममा धादिङ हॉस्पिटल प्रालि आदमघाटका शेयरधनी तथा तार्केश्वर अस्पतालका अध्यक्ष तथा वरिष्ठ शैल्य चिकित्सक ऋषि कुमार कार्की र सोहि अस्पतालका संचालक निर्मल राना को उपस्थितिमा सम्पन्न भएको थियो ।

