आइतवार, श्रावण २४ गते २०८३

अन्तरिम सरकारलाई बदनाम गराउदैँ सुदन गुरुङ, सरकारी बैठकमा गएर प्रहरीलाई निर्देशन दिएपछि...

आइतवार , आश्विन १९, २०८२

काठमाडौँ । शनिबार देशभर बाढी र पहिरोले आतंक मच्चाइ रहेको थियो ।  जनधनको क्षति हुनबाट जोगाउनको लागि राष्ट्रको संवेदनशील निकाय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बस्यो ।

तर, कुनै औपचारिक जिम्मेवारी नभएको, बिना पद र बिना अधिकार भएका सुदन गुरुङ उक्त बैठकमा गएर निर्देशन दिन थाले । तपाईँहरुलाई केही थाहा छैन भन्दै प्रहरीलाई निर्देशन दिएको दृश्य सामाजिक संञ्जालमा भाइरल भइरहेको छ । 

फेरि सम्बन्धित निकायलाई मैले भनिदिन्छु भन्दै घुर्की लगाइरहेका छन् । राज्यको संयन्त्र, नीति र निर्णय गर्ने अधिकार कानुनी रूपमा तोकिएका जिम्मेवार ब्यक्तिहरूमा मात्र सीमित हुनुपर्छ ।

तर, कुनै अधिकार नभएका व्यक्तिले सुरक्षा निकायलाई निर्देशन दिन थालेपछि सुदनको यतिबेला चौतर्फी आलोचना भइरहेको छ । सुदन आफैमा विवादित व्यक्ति हुन् । नत सुदन जेनजी हुन् । नत सुदनले जेनजी आन्दोलनको लिडरसिप गरेका हुन् । उल्टै पछि सुदनले जेनजी आन्दोलन हाइज्याक गरेका हुन् ।

सुदनमाथि डलर खाएको आरोप पनि छ । सुदको ‘हामी नेपाली’नामक संस्थमामा पश्चिमा लगानी रहेको र उतैको एजेण्डा सेटिङ गरेको आरोप छ । उनी बारबरा फाउन्डेसनका अध्यक्ष समेत हुनु् । विदेशी डलर खाएको आरोप लागेका सुदन अहिले आफूलाई शक्तिसाली भनि ठानिरहेका छन् ।

घरि प्रधानमन्त्रीलाई भेट्छन्,  भने घरी गृहमन्त्रीलाई । हुँदा हुँदा अब सरकारी बैठकमा गएर प्रहरीलाई नै निर्देशन दिन थालेका छन् । पछिल्लो समय अन्तरिम सरकारले चालेका कदमको चौतर्फी प्रशंसा भइरहेको छ । तर, सुदनले गरेका हर्कतले भने सरकारको बदनाम भइरहेको एक पक्षको टिप्पणी छ । जेनजी आन्दोलन हाइज्याक गरेर अन्तरिम सरकारलाई आफ्नो मुठ्ठीमा ल्याउने कोशिस गरिरहेका सुदनको कदममा ब्रेक लागेको छैन । यदि ब्रेक नलाग्ने हो भने यी कदमले सरकारमाथि नै गम्भिर प्रश्न उठ्न सक्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार