आइतवार, श्रावण २४ गते २०८३

नेपालबाट बाहिरिन थाल्यो यस वर्षको मनसुन

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । नेपालबाट यस वर्षको मनसुन बाहिरिन सुरु गरेको छ ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्णरुपमा मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट पनि मनसुन बाहिरिएको विभागले जनाएको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी भूभागबाट पनि केही दिनमै मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुलाई १३ र बाहिरिने सरदर मिति अक्टुबर  २ तारिख हो ।

तर यस वर्ष सरदर मितिभन्दा १५ दिन छिटो अर्थात् मे ३० तारिख (जेठ १६ गते) नेपाल भित्रिएको मनसुन सरदर मितिभन्दा चार दिन ढिलो अर्थात् अक्टुबर ६ तारिख (असोज २० गते) देखि बाहिरिन सुरु गरेको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार