काठमाडौँ । गत वर्षको असोजमा देशमा कांग्रेस एमाले नेतृत्वको सरकार थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र नेपाली कांग्रेसका रमेश लेखक गृहमन्त्री थिए ।
मौसम विद्हरुले असोज ११ र १२ गते भारि बेमौसमी वर्षा हुने र आवश्यक कदम चाल्न भन्दै पटक पटक तोकता गर्यो । तर, ओली सरकारले केही वास्ता नगर्दा १३० भन्दा बढी जनाको ज्यान गयो । बाढी पहिरोले ठुलो जनधनको क्षति गरेपछि ओली र लेखकले भनेका थिए-यति ठुलो वर्षा हुन्छ भनेर अनुमान नै गरिएन ।
तत्कालिन गृहमन्त्री लेखकको त्यसबेला राजीनामा समेत मागिएको थियो । गत वर्षको झैँ यस वर्षको असोज १७ गतेदेखि २० गतेसम्म भारि वर्षा हुने भन्दै मौसम विद्हरुले ताकेता गरे । गत भदौ २४ गते जिनजीहरुको आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । अहिलेको सरकारले भने निकै सक्रियता देखायो । मौसमविद्हरुले गरेको ताकेतालाई फलो गर्दै सरकारले आवश्यक कदम चाल्यो ।
सर्वसाधारणलाई सजक गराउनुका साथै गृहमन्त्री ओमप्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ फिल्डमै खटिए । लामोदुरीका सवारी साधन, आन्तरिक हर्वाइ उडान बन्द गरिए । अत्यावश्यक काम बाहेक घरबाहिर नआउन आम नागरिकलाई निर्देशन र देशभर सार्वजनिक विदा नै दिइयो ।
सुरक्षा निकायलाई चौबिसै घण्टा खटिन निर्देशन, ट्राफिक प्रहरीले माइकिङ गरेर ठाउँ ठाउँमा गाडि होल्डमा राखियो । र, प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै सबैलाई सर्तकता अपनाउन आग्रह गरिन्। साथै प्रधानमन्त्री कार्कीले सरकार तपाईँहरुकै साथ छ भन्दै जुनसुकै बेला सहयोग माग्न सुझाव दिइन । त्यति मात्रै नभएर सरकारले तराई क्षेत्रमा अन्नबाली सुरक्षाका लागि समेत पाकेको बाली नकाट्न र काटेको भए तत्काल उठाएर सुरक्षित गर्न आग्रह गर्दै सूचना प्रवाह गरेको थियो ।
सरकारको प्रभावकारी कदमले ठुलो धनजनको क्षति हुनबाट देश जोगिएको छ । भने आम नागरिकले देशमा सरकार भएको अनुभुति गरेका छन् । भलै इलाममा भने बाढी र पहिरोको कारण ठुलो जनधनको क्षति भएको छ । इलाम लगायत देशभर बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । तर, यसलाई सरकारको कमजोरी भन्न मिल्दैँन ।
किनकी इलाममा घरमा राति मानिस सुतिरहेका बेला पहिरो खसेको थियो । जुन ठाँउमा पहिरो खस्ने सम्भावना नै थिएन । तर, त्यही ठाँउमा भारी वर्षाको कारण खसेको पहिरोले मानविय क्षति गरेको हो । सरकारले आफ्नो तर्फबाट भरपुर शक्ति लगाएको थियो । त्यसैले यसलाई सरकारको कमजोरी भन्न मिल्दैन । त्यसकारण अघिल्ला सरकार भन्दा अन्तरिम सरकारले जनताको मन जित्ने गरि काम गरिरहेको छ ।