काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट महिला टोलीकी कप्तान इन्दू बर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो महिला खेलाडी बनेकी छन् ।
मगंलबार मलेसियाविरुद्ध सिरिजको चौथो खेलमा ४८ रन सहित अविजित रहेकी इन्दूले एक हजार रन पूरा गरेकी हुन् । इन्दूले ७७ खेलमा एक हजार रन पूरा गरेकी हुन् ।
इन्दू अब धेरै रन बनाउने नेपाली महिला क्रिकेट खेलाडीको पहिलो सुचीमा रहेकी छिन् ।