आइतवार, कार्तिक ९ गते २०८३

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप 

मंगलवार , भाद्र ८, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थपिएको छ । मंगलबार ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो । 

यसअघि लगाइएको निषेधाज्ञा मंगलबार राति सकिँदै थियो । सार्वजनिक तथा नीजि सवारी साधन संचालनमा बेलुकी ८ बजेपछि लगाइएको रोक हटाइएको छ । अत्यावश्यकबाहेकका पसलहरु साँझ ७ बजेसम्म मात्रै खोल्न पाइनेछ ।

स्थानीय ढुवानी विहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न नपाउने व्यवस्था छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि निषेधाज्ञा भदौ १६ गतेसम्म थप गरिएको हो । 

kathmandu.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार