आइतवार, आश्विन २५ गते २०८३

नेकपा एकीकृत समाजवादी पार्टीमा ३३ प्रतिशत सदस्य महिला अनिवार्य  हुने (विधानको पूर्ण पाठसहित )

१७ सदस्यीय पदाधिकारी, १५१ सदस्यीय केन्द्रीय समिति

मंगलवार , भाद्र ८, २०७८

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो विधान  सार्वजनिक गरेको छ । माधव नेपाल नेतृत्वको एकीकृत समावादीको विधान अनुसार १७ जना केन्द्रीय पदाधिकारी रहने भएका छन् भने १ सय ५१ केन्द्रीय कमिटी रहने भएको छ ।

केन्द्रीय कमिटी दुई महाधिवेशनबीच पार्टीको सर्वोच्च कार्यकारी संस्था हुने विधानमा उल्लेख छ । केन्द्रीय कमिटीको कूल सदस्य सङ्ख्याको कम्तिमा एक तिहाइ अर्थात् ३३ प्रतिशत सदस्य महिला अनिवार्य हुनेछन् ।

केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्यूरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था गरिएको विधान सो पार्टीले पारित गरेको छ । त्यस्तै सबै पार्टी कमिटीमा ४० वर्षमुनिका युवाहरूलाई महत्त्वका साथ समेट्ने भएको छ । सो पार्टीको विधानमा ४० वर्ष मुनिका युवाहरूलाई ‘महत्त्वपूर्ण हिस्सा’ भन्दै उनीहरूलाई समेट्ने जनाइएको छ । 
विधानको पुर्णपाठ

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार