सोमवार, श्रावण २५ गते २०८३

नेपाल टी-२० विश्वकपमा छनोट भए अर्नाले ५१ लाख दिने

बिहिवार , आश्विन २३, २०८२

काठमाडौँ । नेपाल टी–२० विश्वकपमा छनोट भए अर्ना बियरले नेपाली टोलीलाई ५१ लाख सहयोग गर्ने भएको छ ।

अर्नाले सामाजिक संजालमार्फत नेपाल विश्वकपमा छनोट भए नेपाली टोलीलाई ५ लाख सहयोग गर्ने घोषणा गरेको हो । यस्तै यति ब्रुअरीको सीएसआरमार्फत नेपाल क्रिकेट संघ क्यानलाई पनि ५१ लाख उपलब्ध गराउने अर्नाले उल्लेख गरेको छ ।

जसले नेपालमा क्रिकेट पूर्वाधारको विकास गर्नमा सहयोग पुग्ने अर्नाको विश्वास छ । नेपालले अहिले ओमनमा जारी आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट खेलिरहेको छ ।

९ टोली सहभागी छनोटमा शीर्ष ३ मा रहन सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार