सोमवार, श्रावण २५ गते २०८३

माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा थप दुई जना पक्राउ

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डा. निकोलस भुसाल, एसपी साह रहेका छन् । यसअघि प्रहरीले सञ्जि दाहाललाई पक्राउ गरेको थियो । यो सँगै पक्राउ गर्नेको संख्या तीन पुगेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरु प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको हो ।

जेन–जीका विभिन्न समूहहरुले माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए । अहिले प्रहरीले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार