आइतवार, श्रावण २४ गते २०८३

ओली-लेखक पक्राउ नपर्ने, बालेन-सुदन पक्राउ पर्ने सम्भावना, यस्तो छ कारण !

बिहिवार , आश्विन २३, २०८२

काठमाडौँ । जेनजी भन्छन्- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर ।
अनि दलहरु भन्छन्- सिंहदरबार जलाउने बालेन शाह र सुदन गुरुङलाई पक्राउ गर । 

w.jpg

जेनजीको विद्रोहपछि अन्तरिम सरकार बनेको एक महिना पुग्नै लाग्दा राजनीतिक परिस्थिति झन संकटतर्फ धकेलिदैँ गइरहेको छ । अहिलेको परिस्थिति हेर्दा लाग्छ- ओली र लेखक भन्दा पहिला काठमाडौँ महानगरपालिकाका मेयर बालेन र आफूलाई जेनजी अभियान्ता बताउँने सुदन गुरुङ पक्राउ पर्न सक्छन् । 

यसबारे बुझ्न गत सोमबार मध्यरातमा बालुवाटारमा भएको छलफललाई नियाल्नुपर्छ । सुदनसहितको टोलीले ओली र लेखकलाई पक्राउ नगरे सडकबाट धम्की दिने चेतावनी दिएपछि मध्यरातमा प्रधानमन्त्री कार्कीले सुरक्षा अंगका प्रमुखसँग गहन छलफल गरिन् । र, प्रधानमन्त्रीले चाँडो ओली र लेखकलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन समेत दिइन । उल्टै प्रहरीले प्रधानमन्त्री कार्कीलाई प्रश्न गर्यो। त्यो प्रश्न थियो-यदि बालेन र सुदनविरुद्ध उजुरी आए के गर्ने ? 

यो प्रश्न मात्र थिएन । यो प्रश्नभित्र बालेन र सुदन पनि पक्राउ पर्न सक्ने संकेत थियो । यसैबीच मंगलबार अर्थात त्यसको भोलिपल्ट नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले बालेन साह र सुदन गुरुङविरुद्ध काठमाडौं प्रहरी परिसर जाहेरी दिए । 

अखिलका पूर्वअध्यक्ष समीक बडाल लगायतहरुले बालेन र सुदनविरुद्ध दिएको उजुरी प्रहरीले लिएको छ । मेयर शाह र गुरूङकै उक्साहटमा प्रहरीको ज्यान जाने अपराध भएको र जेनजीहरु पनि उनीहरुको उक्साहटमा लागेको जाहेरीमा दाबी गरिएको छ । र, सिंहदरबार लगायतका सरकारी संरचना जलाउनु पछाडि बालेन र सुदनकै हात रहेको पनि उल्लेख गरिएको छ । त्यस्तै अन्य जिल्लामा पनि सुदन र बालेनविरुद्ध उजुरी परेको छ । 

ओली र लेखकभन्दा पहिला बालेन र सुदन पक्राउ पर्ने सम्भावना किन छ ? किन की ओली र गृहमन्त्रीले गोली हान्ने आदेश दिएको प्रमाण भेटाउन गारो छ । त्यसमाथि प्रहरीलाई गोली हान्ने आदेश कानुनले पनि दिन्छ । यता बालेन र सुदनको हकमा भने कयौँ प्रमाण तत्काल फेला पर्न सक्छन् । सिंहदरबार जलाएर फर्कनेहरुको भिडमा सुदन देखिएका छन् । भने, सामाजिक सञ्जालमार्फत जेनजीहरुलाई साथ बालेनले पनि दिएका थिए ।  जाचबुझ आयोगले पनि जेनजी आन्दोलनमा विध्वंश मच्चाउनेलाई कारबाही गर्न भनेको छ ।

यता जाँचबुझ आयोगले  जेनजी आन्दोलनका क्रममा राज्यबाट भएको दमनविरुद्ध परेको जाहेरीलाई भदौ २३ र २४ गते भएका घटनाको छानबिन नगर्ने भएको छ ।  जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँमा सहिद रसिक खतिवडाका बुवा पुरुषोत्तम खतिवडासमेत ४ जनाले दिएको जाहेरी दिएका थिए । पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध परेको उक्त जाहेरीलाई प्रहरीले थप कारवाहीका लागि जाँचबुझ आयोगमा पठाए पनि आयोगले सो जाहेरी पुन प्रहरीमै फिर्ता पठाएको हो ।

आयोगको बिहीबार बसेको बैठकले कुनै पनि अपराधको जाहेरी लिएर अनुसन्धान अघि बढाउने कार्य आयोगको नभएर प्रहरीकै भएको निष्कर्ष निकालेको हो।

आयोगले नेपाल कानूनबमोजिम फौजदारी अपराधमा अनुसन्धान र अभियोजनको अधिकार प्रहरीलाई नै भएको स्पष्ट पार्दै जाहेरी फिर्ता पठाएको छ ।

1.jpg2.jpg

यता प्रहरी प्रमुखहरु पनि ओली र लेखकलाई पक्राउ गर्ने आँट गरिरहेका छैनन् । यसबाट प्रष्ट हुन्छ की ओली र लेखक पक्राउ पर्ने सम्भावना कम छ ।  र, अब प्रहरीको टार्गेटमा छन् बालेन र सुदन । उता जेनजीहरुले नै आन्दोलनमा घुसपैठ भएको बताइसकेका छन् । त्यसकारण अब बालेन र सुदन पक्राउ पर्नसक्ने सम्भावना छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार