आइतवार, आश्विन २५ गते २०८३

एमाले स्थायी कमिटी बैठकमा को-को भए सहभागी ?

मंगलवार , भाद्र ८, २०७८

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक बसीरहेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिवद्धतापछि बोलाइएको स्थायी कमिटी बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेर उनको साथ छोडेका नेताहरु पनि सहभागी भएका छन् ।

बैठकमा उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिवहरु भीम आचार्य, योगश भट्टराई, गोकर्ण विष्ट, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, अमृत बोहरा र रघु पन्त सहभागी भएका हुन् ।
बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरु समेत सहभागी छन् ।

माओवादीबाट प्रवेश गरेका रामबहादुर थापा वादल, लेखराज भट्ट र टोपबहादुर रायमाझी र मणिचन्द्र थापा पनि बैठक सहभागी छन् । बैठकले पार्टी कमिटीहरुलाई २ जेठ २०७५ मा फर्काउने १० बुँदे सहमतिअनुसार कार्यतालिका बनाउने नेताहरुले बताएका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार