सोमवार, श्रावण २५ गते २०८३

आईसीसी टी–२० विश्वकप : जापानले नेपाललाई दियो १३२ रनको झिनो लक्ष्य

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । ओमनमा जारी आईसीसी टी-२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा जापानले नेपाललाई १३२ रनको झिनो लक्ष्य दिएको छ ।

ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको हो । एक समय १२.४ ओभरमा ९७-१ को बलियो अवस्थामा रहेको जापानले तेह्रौँ ओभरको पाचौँ बलमा विकेट गुमाएको थियो ।

नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले समान २ विकेट लिएका छन् । सोमपाल कामी र नन्दन यादवले समान एक-एक विकेट लिएका छन् ।

जापानका लागि कप्तान केन्डेल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रन बनाउन सफल भएका छन् । उनले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका हुन् । इसाम रहमानले ३१ रन बनाएका छन् ।

जापानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार