काठमाडौं । मंगलबार २५२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १४ हजार ८१० जनाको परिक्षण गरिएकोमा २५२५ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ५१ हजार १२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८० हजार ९६७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मंगलबार २०८६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यो संगै हालसम्म ७ लाख २ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । मृतकको कुल संख्या १० हजार ५८६ पुगेको छ । हाल देशभर ३८ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।