आइतवार, श्रावण २४ गते २०८३

टी-२० विश्वकप छनोट : जापानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा, अब यी टोलीसँग भिड्नेछ नेपाल

शुक्रवार , आश्विन २४, २०८२

आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटमा लगातार दोस्रो जित निकाल्दै नेपालले सुपर सिक्स खेल्ने भएको छ। 

शुक्रबार भएको समूह बी को अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै नेपाल समुह बी को विजेता बन्दै सुपर सिक्समा पुगेको हो। 

जापानलाई हराएसँगै नेपालले सुपर सिक्समा २ अंक प्राप्त गरेको छ। जापान भने अंक विहिन रुपमा सुपर सिक्स खेल्नेछ।   नेपाल र जापान दुबै टोलीले कुवेतलाई पराजित गरेपनि कुवेत समुह चरणबाटै बाहिरिएकाले त्यो टोलीलाई जितेको अंक सुपर सिक्समा जोडिने छैन। 

लगातार दोस्रो जितसँगै नेपाल समूह बी को समुह विजेता र जापान उपविजेता बन्दै सुपर सिक्समा पुगेका छन्।  समूह ए बाट संयुक्त अरब एमिरेन्ट्स (युएई) र कतार सुपर सिक्समा पुगिसकेका छन्। समूह सी बाट सुपर सिक्समा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ। 

सुपर सिक्समा नेपालले जापानबाहेक समूह ए र सी बाट आएका चार टोलीसँग खेल्नेछ। सुपर सिक्सको शीर्ष तीनमा रहने टोलीले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकप खेल्नेछन्।  जापानले दिएको १ सय ३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। 

नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ५ ओभरमा ३६ रनको साझेदारी गर्दै नेपाललाई सुरुवात दिलाएका थिए। कुशल २१ बलमा ३ चौका सहयोगमा २१ रन बनाउँदा क्याच आउट हुन पुगे। 

आक्रामक ब्याटिङ गरेका अर्का ओपनर आशिफ शेख २१ बलमा १ चौका र ४ छक्का सहयोगमा ३८ रन बनाउँदा आठौँ ओभरको दोस्रो बलमा क्याच आउट नै हुन पुगे। 

कप्तान रोहित पौडेल १८ रनमा एलबीडब्लु धरापमा परे। सन्दीप जोरा ५ रन बनाउँदा क्याच आउट भए। कुशल मल्ल ४ रन बनाउँदा कट एण्ड बोल्ड हुन पुगे। 

गुल्सन झा २८ र दिपेन्द्र सिंह ऐरि १४ रनमा अविजित रहे। गुल्सनले १८ बलमा त्यसअघि ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३१ रनको योगफल तयार पारेको थियो। 

एक समय १२.४ ओभरमा ९७–१ को बलियो अवस्थामा रहेको जापानले तेह्रौँ ओभरको पाचौँ बलमा विकेट गुमाएको थियो।  नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले समान २ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान एक विकेट झारे। 

जापानका लागि कप्तान केन्डेल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रनको योगदान दिए। उनले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। इसाम रहमानले ३१ रन बनाए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार