बङ्गलादेशका तौहिद हरिदीले २४ र सेफ हसनले २२ रन बनाए । अफगानिस्तानका रशिद खानले पाँच विकेट लिए । यस्तै अजमातुल्लाह उमरजाईले तीन र नङ्गेलिया खरोटेले एक विकेट लिए ।
त्यसअघि अबुधाबीमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४४ ओभर पाँच बलमा १९० रनमा अलआउट भएको थियो । अफगानिस्तानका इब्राहिम जाद्रानले ९५ रन बनायो । बङ्गलादेशका मेहदी हसन मिराजले तीन, तन्जिम हसन साकिब र रिशाद हुसेनले दुई तथा तनवीर इस्लामले एक विकेट लिए ।
तीन खेलको एकदिवसीय शृङ्खलाको तेश्रो तथा अन्तिम खेल मङ्गलवार हुनेछ । यी दुई टोलले तीन खेलको टी–२० शृङ्खला पनि खेलेका थिए । टी–२० शृङ्खलामा बङ्गलादेशले अफगानिस्तानलाई क्लीन स्वीप गरेको थियो ।