आइतवार, श्रावण २४ गते २०८३

अष्ट्रेलियाबाट नेपाल घुम्न आएका पर्यटकको पासपोर्ट बाँदरले लग्यो

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । अष्ट्रेलियाबाट नेपाल घुम्न आएका एक जना पर्यटकको पासपोर्ट बाँदरले लगेको छ ।

पर्वतको बन्जी जम्प नजिकबाट गाडीको छतमा रहेको पासपोर्ट बाँदरले लिएर भिरतिर भागेको पर्यटकले बताएका छन् । अष्ट्रेलियन नागरिकसहित नेपालकै अर्का एक पर्यटकको पनि सोही झोलामा रहेको पासपोर्ट बाँदरले लगेको छ ।

पासपोर्ट बाँदरले लगेको जानकारी गराएपछि खोजीका लागि प्रहरी खटाइएको प्रहरीले जनाएको छ । शनिबार र आइतबार खोजी गर्दा समेत भेटिएको छैन् । प्रहरीले भने ‘हिजो उहाँहरू मुक्तिनाथ जान निस्किनुभएको रहेछ गाडीमा कुश्मामा बन्जी घुम्न गएको बेलामा झोला गाडीको छतमा राखिएको रहेछ, फर्किँदा उक्त झोला नरहेको र बाँदरले लगेको जानकारी गराउनुभएको छ ।’

खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । हिजो प्रहरी सईको नेतृत्वमा ७ जना पठाईएको थियो । प्रहरीका अनुसार आज सशस्त्र पनि गएका छन् तर भेटिएको छैन् । प्रहरीले भने, ‘जङ्गलतिर होला भनेर खोजिएको हो । भीरहरू छ, छिर्नै गाह्रो छ ।’ उक्त पासपोर्टसहितको झोला नभेटिएपछि उनीहरुले प्रहरीमा निवेदन समेत दर्ता गरेका छन् ।

खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले भने, ‘खोज्नका लागि हामी सक्दो प्रयास गरिरहेका छौँ । यदि पाइएन भने नयाँ प्रक्रियाबाट पासपोर्ट लिनुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार