आइतवार, श्रावण २४ गते २०८३

यूएईमाथि नेपालको रोमान्चक जित, यूएई १ रनले पराजित

आइतवार , आश्विन २६, २०८२

काठमाडौँ । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा चीर प्रतिद्धन्दी संयुक्त अरब एमिरेन्ट्स (यूएई) माथि रोमाञ्चक जित निकाल्दै नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ।

नेपाल र यूएईलाई विश्वकपनजिक पुग्न आजको खेलमा जितको आवश्यक थियो। आइतबार भएको खेलमा यूएईलाई १ रनले पराजित गर्दै नेपालले सुपर सिक्समा ४ अंक बनाएको हो।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएई २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा यूएईलाई जितका लागि १० रन चाहिएको थियो । ओभरमा एउटा छक्का निकाल्न सफल भएता पनि यूएई लक्ष्यसम्म पुग्न सकेन । पहिलो बलमा एक रन दिएका दिपेन्द्रले दोस्रो बल डट राखे ।

तेस्रो बलमा छक्का प्रहार गर्दै युएई जितनजिक देखियो । अब युएईलाई जितका लागि ३ बलमा ३ रनमात्र आवश्यक थियो । चौथो, पाँचौ र छैटौं बलमा लगातार विकेट लिदै नेपालले एक रनको रोमाञ्चक जित निकालेको हो । चौंथो बलमा दीपेन्द्रले क्याचआउट गराए भने पाचौं र छैटौं बलमा ब्याटरहरु रनआउट भए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार