आइतवार, श्रावण २४ गते २०८३

आईसीसी टी-२० एशिया छनोट : सुपर–६को दोस्रो खेलमा नेपालले आज कतारसँग भिड्दै

सोमवार , आश्विन २७, २०८२

काठमाडौँ । आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा नेपालले सोमबार कतारसँग खेल्दैछ ।

यो खेल नेपाली समयानुसार बेलुकी पौने ९ बजे ओमानमा हुनेछ । यसअघि नेपालले आइतबार संयुक्त अरब इमिरेट्स (युएई) माथि एक रनको रोमाञ्चक जित निकालेको थियो । यूएईलाई हराएसँगै नेपाल विश्वकप नजिक पुगेको छ ।

खेलमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । यूएईलाई अन्तिम ३ बलमा ३ रन चाहिएको अवस्थामा ३ विकेट गुमाएर १ रन मात्र जोड्न सक्यो । नेपाल २ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । २ खेलमा ४ अङ्क नै भएको ओमान नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ ।

यूएई २ खेलमा दुई अङ्कसहित तेस्रो स्थानमा छ । सुपर–६ मा समूह एबाट यूएई र कतार, समूह बीबाट नेपाल र जापान तथा समूह सीबाट ओमान र सामोआ पुगेका छन् ।

यस्तै नेपालले बुधवार ओमान र शुक्रवार सामोआसँग खेल्नेछ । सुपर–६ मा शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार