चन्द्रपालको नियुक्तिले नेपाल क्रिकेट लिग (एनपीएपल) मा आफूले बनाएको लिगेसीलाई निरन्तरता दिने अपेक्षा बोल्ट्स परिवारले लिएको छ।
चन्द्रपालले वेस्ट इन्डिजबाट १६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्। आफ्नो २१ वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा चन्द्रपालले २० हजार भन्दा बढि रन बनाए।
उनीसँग क्यारेबियन प्रिमियर लिग (सीपीएल), भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, च्याम्पियन्स लिग टी–२० र इन्डियन प्रिमियर लिगमा खेलेको अनुभव छ। उनले खेलाडीको रुपमा काउन्टी क्रिकेटमा पनि लामो समय बिताए।
२०२२ मा ५१ वर्षे चन्द्रपाल सीपीएलको फ्रेन्चाइज टोली जमैका तलवाहजको प्रशिक्षक बने। सोहि वर्ष उनी अमेरिका महिला राष्ट्रिय क्रिकेट टोलीको पनि प्रशिक्षक बनेका थिए। मंसिर १ गते देखि सुरु हुने एनपीएलमा जनकपुर डिफेन्डिङ च्याम्पियनको रुपमा चन्द्रपालको प्रशिक्षणमा कीर्तिपुर मैदानमा उत्रने छ।