आइतवार, आश्विन २५ गते २०८३

माओवादीको प्रवक्ता बने कृष्णबहादुर महरा, कुन नेतालाई के जिम्मेवारी हेर्नुहोस!

बुधवार , भाद्र ९, २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रको प्रवक्ता नेता कृष्णबहादुर महरा चयन भएका छन्।

पार्टीमा उनलाई प्रभावकारी जिम्मेवारी नभएपछि नेता नारायणकाजी श्रेष्ठको ठाँउमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताको जिम्मेवारी महरालाई जिम्मेवारी तोकिएको हो।

महरा सभामुखबाट पदमुक्त भएपछि पार्टीमा प्रभावकारी भूमिकामा थिएनन्। यसअघि प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका नारायणकाजी श्रेष्ठलाई भने पार्टीको प्रवास समितिको इन्चार्जको जिम्मेवारी दिइएको छ।

यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्माले पाएका छन् । शर्मा यसअघि कर्णाली प्रदेशको इन्चार्ज रहेका थिए। यस्तै राजकीय मामला तथा सुशासन विभाग प्रमुखमा रेखा शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ।

त्यस्तै प्राध्यापक सम्बद्ध संगठनहरुको ईञ्चार्जमा नारायण शर्मा, केन्द्रीय कार्यालयको ईञ्चार्जमा वर्षमान पुनलाई प्रदान गरिएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार