काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने यतिबेला पुर्पक्षका लागि थुनामा छन् । रवि थुनामा रहेका बेला उनी नेतृत्वको पार्टी रास्वपामाथि भने एकपछि अर्को संकट आइरहको छ ।
२०७९ को आम निर्वाचनमा रविले रास्वपा गठन गरेको ६ महिनामै देशको चौथो ठुलो शक्ति बनाए । रविको ब्रान्डमा नै रास्वपा बनेको हो । एक जमात रविलाई ठगको आरोप लगाउछ । भने रविलाई भगवान मान्ने जमात पनि छ । खैर, रवि गृहमन्त्री हुँदा उल्लेखनीय काम गरेका थिए । रवि गृहमन्त्री हुँदा भ्रष्टाचारीहरुको मुटुनै कापेको थियो ।
तर, यसपटक भने रवि चिन्तित छन् । उनी जेलमै रहेका बेला फागनु २१ गते निर्वाचन हुँदैछ । सुमना श्रेष्ठ लगायतले पार्टी छोडेका छन् भने रविमाथि संगिन आरोप थुपारेका छन् । यस्तो अवस्थामा रास्वपाले चुनावमा कस्तो नतिजा ल्याउला भन्ने आम चासो छ । एकथरिले त्यसकारण रवि बिनाको रास्वपा असम्भव छ टिप्पणी पनि गरिरहेका छन् । अहिले रविले जेलबाटै रास्वपालाई अगाडि बढाइरहेका छन् ।
यसैबीच काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले रविलाई रास्वपाबाट हटाउने खेल खेलेको आरोप लागेको छ । बालेनको समर्थनमा रास्वपाको सभापति कुलमान घिसिङलाई बनाउने बजारमा हल्ला चलेको हो । यद्यपी त्यो हल्ला मात्रै हो । तर, साचो कुरा भनेको - बालेन रविलाई डाउन भने गराउन चाहन्छन् । किनकी रविको क्रेज कामयै रहेपछि फागुन २१ गतेको चुनावमा आफूलाई धक्का लाग्ने बालेनको आँकलन छ ।
त्यसैले उनी रविलाई डाउन गर्न चाहन्छन् । यसबारे बुझ्न विगतको घटनाक्रमलाई हेर्नुपर्छ । बालेनले स्थानीय तहको मेयरमा उम्मेदवारी दिदा रविले खुलेर समर्थन गरेका थिए । तर, चुनाव जितेपछि बालेनले रविको आलोचना मात्रै गरेका छन् । रविले भने अहिलेसम्म बालेनमाथि नकरात्मक टिप्पणी गरेका छैनन् । बालेनको खेल भनेको रविलाई डाउन गराएर रास्वपाका राम्रा व्यक्ति आफ्नो पक्षमा ल्याउनु हो । सुमना पनि अब बालेनसँग मिल्ने तरखरमा छिन् ।
अहिले रवि र बालेनका समर्थकहरू एकअर्काको आलोचना गर्ने र खुइल्याउने अभियानमा लागेका छन् । बालेन र रविको क्रेज आ आफ्नो ठाउँमा निकै छ । अब बालेन र रविको भिडन्त फागुन २१ ग्तेको निर्वाचनमा हुनेछ । फरक यति छ-बालेन मैदानमा हुनेछन् भने रवि जेलबाटै रास्वपालाई चुनावी मैदानमा उत्राने छन् ।