आइतवार, आश्विन २५ गते २०८३

निर्वाचन आयोगले यसरी गर्दैछ माधव नेपाल र महन्थ ठाकुरको दल सनाखत

बुधवार , भाद्र ९, २०७८

काठमाडौं । निर्वाचन आयोगले आज २ वटा पार्टीलाई सनाखतका लागि बोलाएको छ।

आयोगले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत  समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक  समाजवादी  पार्टी नेपाललाई सनाखतका लागि आज बोलाएको हो। 

आज बिहान १०:३० देखि दिउँसो २ बजेभित्र दुवै दलको सनाखत  गरेर यस सम्बन्धमा आयोगले निर्णय लिने छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै दलका पदाधिकारी सनाखतका लागि आयोगमा  भौतिक  रूपमा उपस्थिति जनाउनुपर्ने बताए। 

संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमाले औपचारिक रूपमा विभाजित भएको हो। यसलगत्तै नेता  नेपाल  पक्षका ९५ जना  केन्द्रीय  सदस्य र ३१  जनाभन्दा बढी सांसदले नेकपा (एकीकृत  समाजवादी) नामको दल दर्ता गराएका थिए।  

नेता नेपालले एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम आयोगमा पेस गरेका थिए। तर  दल दर्ताको निवेदनमा हस्ताक्षर नभएकाले ७ जनाको सनाखत नहुने भएको छ।

७ जनाको सनाखत नहुने भएपनि  माधव नेपाललाई दल दर्ताका लागि संख्या पुग्ने छ। ४१ जना सदस्यको खनाखत भए नेकपा (एकीकृत  समाजवादी) दर्ता हुने सक्ने देखिन्छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार