समूह विजेता बन्दै सुपर सिक्सको पनि पहिलो दुई खेल जितेपछि ओमान र नेपाल यति बलियो स्थितिमा पुगेको छ । विगतको नतिजाअनुसार नेपाल ओमानभन्दा पछि छ। तर, नेपाली टोलीको पछिल्लो प्रदर्शन र ओमानको अहिलेको टोलीलाई हेर्ने हो भने नेपालको पल्ला भारी छ।
विगतमा यी दुई टोलीबीच आठ टीट्वेन्टी खेल भएको छ। जसमा नेपालले तीन खेलमा जित निकालेको छ भने पाँच खेल ओमानको पक्षमा गएको छ।
सुपर सिक्समा नेपालले यूएईमाथि १ र कतारमाथि ५ रनको सनसनी जित पाएको थियो । ओमानको मस्कटमा भइरहेको प्रतियोगितामा ९ राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ । तीन समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुगेका छन् ।
सुपर सिक्सका ६ टोलीबाट माथिल्लो तीन स्थानका टोली फेब्रुअरी–मार्चमा हुने ट्वान्टी–२० विश्वकपमा पुग्नेछन् । विश्वकप भारत र श्रीलंकामा संयुक्त आयोजना हुनेछ ।