आइतवार, आश्विन २५ गते २०८३

पार्टी कार्यालयमै अनसन थाल्दै पौडेलपक्षका यी ३ जिल्ला सभापति

बुधवार , भाद्र ९, २०७८

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा अनशनमा थाल्ने भएका छन्।

क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले बुधबारदेखि २४ घण्टे रिले अनशन सुरु गर्न लागेका हुन्।

हिजो सानेपामा धर्ना दिएका उनीहरुले आजदेखि रिले अनशन सुरु गर्न लागेको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले बताए। आज तीन जिल्ला सभापति अनशनमा बस्ने केसीले बताए।

आज नुवाकोट जिल्ला सभापति केसीसहित काभ्रेका मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमला पहिलो दिन रिले अनशनमा बस्ने छन्। प्रत्येक दिन नयाँ तीन जिल्ला सभापति अनशनमा बस्ने केसीले जानकारी दिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार