बुधबार भएको सुपर सिक्सको दोस्रो खेलमा यूएईले सामायोमाथि ७७ रनको फराकिलो जित निकालेपछि नेपाल र ओमान दुई खेलअघि नै विश्वकपका लागि छनोट भएका हुन्।
विश्वकप आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुनेछ। योसँगै नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी–२० विश्वकप खेलेको थियो। त्यसको १० वर्षपछि नेपालले सन् २०१४ मा विश्वकपमा स्थान बनाएको थियो। यो पटक पनि नेपालले विश्वकपमा स्थान बनाएपछि लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो।