आइतवार, आश्विन २५ गते २०८३

सानेपाको ताण्डप नृत्यमा ऐक्यवद्दता जनाउन जाँदै कांग्रेसका यी शीर्ष नेताहरु!

बुधवार , भाद्र ९, २०७८

काठमाडौं। नेपाली कांग्रेस संस्थापन इतर समूहका शीर्ष नेताहरुले जिल्ला सभापतिको रिले अनशनलाई ऐक्यवद्धता जनाउने भएका छन्। पुर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिवारीमा आज भएको शीर्ष नेताहरुको छलफलले हिजो देखि जिल्ला सभापतिहरुले पार्टी कार्यलयमा थालेको धर्ना तथा अनसनलाई ऐक्यवद्धता जनाउदै त्यहाँ जाने निष्कर्ष निकालेको हो।

नेता सिंहका सहयोगी युपी लामिछानेले दिउँसो २ बजेदेखि जिल्ला सभापतिले सुरु गर्ने अनसनमा ऐक्यवद्धता जनाउन वरिष्ठ नेता पौडेल, पुर्व महामन्त्री सिंह, महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायतका नेताहरु सानेपा जाने जानकारी दिए। 

क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै पौडेल पक्षका जिल्ला सभापतिहरुले बुधबारदेखि २४ घण्टे रिले अनशन सुरु गर्न लागेका छन्।कांग्रेभित्रै कतिपयले यसलाई ताण्डप नृत्यको संज्ञा दिएका छन्।

 आजको छलफलमा नेताहरुले कांग्रेसको १४ औं महाधिवेशन, क्रियाशील सदस्यता विवाद लगाएतका विषयमा छलफल गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार