आइतवार, आश्विन २५ गते २०८३

नेकपा एकीकृत समाजवादीका नेताहरु सनाखतका लागी आयोग पुगे

बुधवार , भाद्र ९, २०७८

काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु दल दर्ताका लागी निर्वाचन आयोग पुगेका छन् । यसअघी नेता माधव कुमार नेपालको संयोजकत्वमा दल दर्ताका लागी निवेदन दिएकोमा आयोगले सनाखतका लागी आज बोलाएको थियो । दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) का संयोजक माधव नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

आयोगमा रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु पुगेका हुन् । नेकपा एकीकृत समाजवादीका नेताहरु चन्द्रागिरिबाट पर्यटक बस चढेर सोझै निर्वाचन आयोग पुगेका थिए ।  आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको छ । नेता नेपालको समुहले भदौ २ गते दल दर्ताका लागि निवेदन दिएका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार