सोमवार, श्रावण २५ गते २०८३

ललितपुरको धौगलबाट ५० किलो भन्दा बढी चाँदीसहित एक जना पक्राउ

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । ललितपुरबाट बिहीबार दिउँसो सशस्त्र प्रहरीले ५० किलोभन्दा बढी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिषेख शेख रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताएका छन् । उनलाई ललितपुर महागनरपालिका–१६ धौगलबाट पक्राउ गरिएको हो ।

उनले भारतबाट अवैध रुपले चाँदी नेपाल ल्याई विभिन्न किसिमका गरगहना बनाएर बेच्ने गरेको प्रहरीले बताएको छ । यसको गोप्य सूचना सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स व्यूरोको विशेष आएको थियो । त्यही सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकाली गण ललितपुरले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट सशस्त्र प्रहरी ५० किलो ७४ ग्रँम चाँदीका गरगहना बरामद भएको छ । त्यस्तै १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ तथा १ हजार २ सय ७० भारतीय रुपैयाँ, चाँदी तौल गर्ने मेसीन १ थान, इलेक्ट्रीक साईलक १ थान, आइप्याड १ थान र मोवाईल सेट १ थान समेत बरामद भएको छ ।

उनलाई बरामद सामनसहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार