आइतवार, आश्विन २५ गते २०८३

एकीकृत समाजवादी पार्टीलाई ओलीको व्यंग्य : मिठो खान दिएर, राम्रै विस्तारामा सुताएर फकाईयो !

बुधवार , भाद्र ९, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरीरहेका छन् । एमालेबाट छुट्टिएका नेता नेपाल समुह नयाँ पार्टी दर्ताका लागी आयोगमा सनाखत गर्न पुगेका वेला ओली भने पत्रकार सम्मेलन गरेर सबै विरुद्ध खनिएका छन् । 

उनले पत्रकार सम्मेलनमा बोल्दै एमाले फुटाउन सांसदहरुलाई घर-घरबाट थुतेर चन्द्रागिरीमा लगेर थुनेर राखेको आरोप लगाए । उनले  मिठो बोलेर, फकाई फकाई मिठो खान दिएर, राम्रै विस्तारामा सुताएर आयोग पुर्याएको व्यंग्य गरेका छन् । यतिसम्म षड्यन्त्र गरेर पार्टी फुटाउन लागेको उनले बताएका छन् ।

नेपाल समुह सोमबारदेखी चन्द्रगीरी रिसोर्टमा बसेर आज सनाखतका रिसोर्टबाट सिधै आयोग पुगेको थियो । साथै उनले सभामुखले निष्पक्षता कायम राख्न नसकेको आरोप पनि लगाए । सभामुख निष्पक्ष हुनुपर्नेमा निष्पक्षता कायम गर्न नसकेको र नेकपा एमाले पार्टी फुटाउन लागेको आरोप पनि लगाए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार