आइतवार, श्रावण २४ गते २०८३

टी–२० विश्वकप : समोआले टस जितेर नेपाललाई दियो पहिले ब्याटिङको निम्तो

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । टी–२० विश्वकप २०२६ को छनोट अन्तर्गत सुपर–६ को अन्तिम खेलमा समोआले टस जितेको छ ।

समोआका कप्तानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका छन् । नेपाल हालसम्म अपराजित रहँदा अंक तालिकामा ८ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । एसिया र पूर्वी एसिया प्यासिफिक क्षेत्रको यो छनोट प्रतियोगिताबाट नेपालसहित ओमान र युएईले विश्वकपमा स्थान बनाइसकेका छन् ।

अब आज कमजोर मानिएको समोआलाई हराउँदै प्रतियोगिताको उपाधि जित्ने नेपालको लक्ष्य छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार