आइतवार, श्रावण २४ गते २०८३

आईसीसी ट–२० विश्वकप : नेपालले दियो सामोआ २१२ रनको लक्ष्य

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले समाओलाई २१२ रनको विशाल लक्ष्य दिएको छ ।

शुक्रबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रनको विशाल स्कोर खडा गरेको छ । नेपालका लागि ओपनर असिफ शेख र उपकप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गर्दै पारीको मेरुदण्ड सम्हालेका थिए ।

नेपालका ओपनर असिफ शेखले सर्वाधिक ६९ रन बनाए । ४१ बलको सामना गर्दै उनले ७ चौका र ४ छक्का प्रहार गरेका थिए। त्यस्तै, उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३१ बलमा ५३ रनको शानदार योगदान दिएका छन् । उनले ७ चौका र ४ छक्का प्रहार गर्दै आक्रामक ब्याटिङ प्रदर्शन गरे ।

अन्य ब्याटरमध्ये कुशल भुर्तेलले १७ रन र आरिफ शेखले ९ रन जोडेका छन् । बलिङतर्फ समाओका डेनेल बर्गेसले १ विकेट लिए । नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएको छ ।

नेपाल यसअघि नै टी–२० विश्वकपका लागि छनोट भइसकेको छ । अब समाओलाई पराजित गर्दै नेपालले एसिया छनोटको उपाधि जित्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार