काठमाडौं । सिन्धुपाल्चोकबाट काठमाडौंका लागी छुटेको बस दुर्घटना हुूँदा २६ यात्रु घाइते भएका छन् । सुनकोसी गाउँपालिकाको ठोकर्पाबाट काठमाडौंको लागि छुटेको बा ३ ख ८०३० नम्बरको बस सुनकोसी-३, थापागाउँमा बिहान सवा ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परहेकाहरुको स्थानियबासीको सहयोगमा उद्धार गरी १५ जनालाई उपचारका लागी धुलीखेल अस्पतालमा पुर्याइएको छ । २४ जना घाइेतको उद्धार गरिएको र दुईजना गाडीले थिचिएको अवस्थामा रहेको उनले बताए । प्रहरी र स्थानीयवासीद्वारा उद्धार कार्य भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।
बाँकी नौजनाको सिन्धुपाल्चोककै खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षबहादुर बस्नेतले जानकारी दिए ।