काठमाडौं । पछिल्लो समय महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको समस्याबाट पिडित बन्ने गरेका छन् । छातीको क्यान्सरपछि विश्वमा सबैभन्दा बढी महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेको तथ्यांक छ ।
पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुनेगर्छ । अर्थात गर्भाशय र योनीलाई जोड्ने भागमा यो क्यान्सर हुन्छ । यस प्रकारको क्यान्सरको सुरुवात भने महिलामा ३५ देखी ४० बर्षको उमेर पछि हुने चिकित्सक बताउँछन् ।
विशेषगरी महिलाको महिनावारी अनियमित हुने र योनीबाट धेरै रगत जाने यसका लक्षण हुन् । यो पाठेघरको मुखमा फैलिएर कलेजो, ब्लाडर, योनी, फोक्सो र मिर्गौलासम्म फैलन्छ । यसले शरीरका भित्री अंगहरुमा नराम्ररी प्रभावित बनाउँछ । जसका कारण महिलाहरुले अकालमै मृत्युलाई अंगाल्न पुग्छन् ।
धेरै महिलाहरु यसबाट पिडित हुने भएपनि कतिपयले भने यसको सुरुवाति चरणमा थाहा पाँउदैनन् । जसका कारण झनै जोखिम हुन्छ । पाठेघरको मुखको क्यान्सर क्रमस विस्तारै विस्तारै बढ्ने भएकाले कतिपयले यसको सुरुवाती लक्षण थाहा नपाउने गरेका हुन् ।
जब समस्या गंभिर बन्छ, तबमात्र यो क्यान्सर फैलिएको थाहा हुन्छ । यदि सुरुवाती चरणमै यसको लक्षण थाहा भयो भने उपचार संभव र सहज हुन्छ । त्यसैले शरीरमा देखिने केही यस्ता संकेतपछि सर्तक हुन जरुरी छ । यदि पाठेघरको मुखको क्यान्सर हुँदा सुरुवाति चरणमा देखिन्छन् यस्ता लक्षण ।
१) यदि शारीरिक सम्बन्ध राख्दा तथा महिनावारी भएको समयमा धेरै रक्तश्राव भएमा र प्रजनन अंगमा दुखाई महसुष भएमा ।
२) सेतो पानी बग्नु अर्थात वाइट डिस्चार्ज जस्ता समस्या हुँदा ।
३) महिनावारकिो समयमा कोखमा अचानक हल्का वा तिब्र दुखाई महसुष हुँदा ।
यसमध्ये कुनै समस्या भएमा चिकित्सकको परामर्श लिन जरुरी हुन्छ । यद्यपि यी लक्षणहरु अन्य अवस्थामा पनि देखिन सक्ने हुँदा क्यान्सर नै हो भन्ने हुँदैन तर सजग हुँदा ठुलो जोखिमबाट बच्न सकिन्छ ।