शनिवार, आश्विन १७ गते २०८३

राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौं : ओली

बुधवार , कार्तिक ५, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गर्न अपिल गरेका छन्।

नेपाल संवत् ११४६ को अवसरमा आज शुभकामना सन्देशमार्फत उनले यस्तो बताएका हुन्। शुभकामना सन्देशमा उनले आफ्नो सांस्कति विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रियतालाई बलियो बनाउनुपर्ने बताएका छन्।

‘हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्छ । राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली– हाम्रो शक्ति हो,’ उनले भनेका छन्, ‘विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदलौं र सद्भावको सुगन्ध फैलाऔं । राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौं ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार