काठमाडौं । बुधबार २ हजार ४८२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० जनाको परीक्षण गर्दा २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८६३ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८१ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १० हजार ६१२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ । सोही अवधीमा १ हजार ७८१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यसैबीच काठमाडौंमा ५१५ जना सहित उपत्यकामा ७४५ जनामा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।