सोमवार, श्रावण २५ गते २०८३

महाशाखाको मौसम विशेष बुलेटिन : आज रातीदेखि यी क्षेत्रमा वर्षा र भारी हिमपात हुने

सोमवार , कार्तिक १०, २०८२

काठमाडौँ । हाल देशका अधिकांस भागमा मैसम बदली रहेको छ । यस्तै आज राती देखि बुधबार सम्म देशका विभिन्न स्थानमा हिमपात र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै महाशाखाले पश्चिमी वायुको र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले हिमपात तथा वर्षा गराउने जानकारी दिएको हो ।

बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको बुलेटिनमार्फत जानकारी दिइएको छ ।

यस्तै महाशाखाले सम्भावित हिमपात वर्षाको कारणले दैनिक जन–जीवन, पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार