आइतवार, श्रावण २४ गते २०८३

घरेलु मैदानमा भारत नेपालसँग पराजित, साम्बाले दुई गोल गरिन्

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । भारतमा जारी ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले घरेलु टोलीलाई पराजित गरेको छ । भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २-१ गोल अन्तरले जित निकालेको हो ।

नेपालको जितमा कप्तान सावित्रा भण्डारी साम्बाले दुई गोल गरिन् । साम्बाले खेलको दोस्रो र ६३औ मिनेटमा गोल गरिन् । खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्कायो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार