प्रस्तावमा नेपालको वर्तमान अवस्थालाई ‘दीर्घकालीन अस्थिरता र वैचारिक दिशाहीनताको परिणाम’का रूपमा चित्रण गर्दै पारदर्शी, जवाफदेही र स्थायी शासन प्रणाली निर्माणको माग गरिएको छ ।
जेनजी संयोजक समितिका अनुसार ‘देश अहिले राजनीतिक अस्थिरता, आर्थिक असमानता र वैचारिक दिशाहीनताको गहिरो संकट’मा फसेको छ ।
विगतका आन्दोलनका उपलब्धिहरू संस्थागत हुन नसक्दा जनतामा राज्यप्रतिको विश्वास कमजोर भएको भन्दै प्रस्तावले तत्काल व्यावहारिक र दूरगामी समाधान खोज्न सबै शक्तिहरूलाई एकताबद्ध हुन आग्रह गरेको छ ।
प्रस्तावमा भनिएको छ, ‘राजनीतिक दलहरू सत्ता स्वार्थमा अड्किँदा युवापुस्तामा देशप्रतिको विश्वास हराउँदै गएको छ । अब राष्ट्रिय पुनर्जागरण, विचारगत स्पष्टता र प्रणालीगत शुद्धीकरण नै राष्ट्रिय अनिवार्यता बनेको छ ।’