सोमवार, श्रावण २५ गते २०८३

अन्तरिम सरकार र संसद् विघटनसम्बन्धि सबै रिटमाथि आजदेखि सुनुवाइ हुँदै

बुधवार , कार्तिक १२, २०८२

काठमाडौँ । जेनजी आन्दोलनपछि अन्तरिम प्रधानमन्त्री नियुक्ति, प्रतिनिधिसभा विघटन र सरकार गठनसँग जोडिएका रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि प्रारम्भिक सुनुवाइ हुँदैछ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको १६ वटा रिट निवेदनमा बुधबारदेखि सुनुवाइ हुनेछ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट परेका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा बुधबारदेखि प्रारम्भिक सुनुवाइ हुनेछ ।संवैधानिक इजलासमा १६ वटा रिट निवेदनमाथि एकमुष्ट सुनुवाइ हुन लागेको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार