सोमवार, श्रावण २५ गते २०८३

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

बुधवार , कार्तिक १२, २०८२

काठमाडौँ । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ।

लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन्।

हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने थिएन । पाइलट क्याप्टेन विवेक खड्का भने सकुशल रहेको उनले बताए। तर जहाजमा क्षति भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार अल्टिच्युट एयरको (एन एएमएस हेलिकोप्टर) लुक्लाबाट बुधबार बिहान ७ : ४५ मा उडेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार