काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार दक्षिण कोरियामा भेटवार्ता भएको छ।
६ वर्षपछि ट्रम्प र सी जिनपिङबीच भेटवार्ता भएको हो ।
दुवै नेताले हात मिलाएर एकअर्कालाई अभिवादन गरेपछि द्विपक्षीय वार्ता सुरु भएको हो। सन् २०१९ पछि यो उनीहरूको पहिलो प्रत्यक्ष भेट हो।
वार्ताको प्रारम्भमा ट्रम्पले भने, ‘हाम्रो यो भेट सफल हुनेछ भन्नेमा मलाई कुनै शंका छैन। सी एक कडा वार्ताकार हुन्, जुन सधैं सजिलो कुरा होइन। तर हामी एकअर्कालाई राम्ररी चिन्छौं।’ यो भेटलाई विश्वका दुई सबैभन्दा ठूलो अर्थतन्त्रहरूबीचको व्यापार युद्ध घटाउने प्रयासको रूपमा हेरिएको छ।