आइतवार, श्रावण २४ गते २०८३

सरकारी सरह पारिश्रमिक माग्दै देशभरिका नर्स आन्दोलित

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरिका नर्सहरू आन्दोलित भएका छन् ।

देशभरिका सबै अस्पतालका नर्सहरूले शुक्रबार विरोध प्रदर्शन गरेका छन् । सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरूलाई सरकारी अस्पतालका नर्सहरूले पनि एक्यबद्धता जनाउँदै आन्दोलनमा उत्रिएका हुन् ।

नसिंङ संघले अघि सारेको १५ बुँदे मागलाई पुरा गर्नुपर्ने भन्दै शुक्रबार देशभरका अस्पतालका नर्सहरूले प्रदर्शन गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकार सरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यवापत भत्ता दिनुपर्ने, ज्यालादारीमा नचलाउने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

त्यस्तै, हालसम्म श्रमिकको रूपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गर्नुपर्ने लगायतको माग रहेको छ । बिहान १० देखि १२ बजेसम्म मात्रै विरोध प्रदर्शन गरिरहेका नर्सहरूले १८ कात्तिकसम्म पनि आफ्ना माग सुनुवाइ नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

श्रमको सम्मान नभएसम्म नर्स आन्दोलन जारी रहने नर्सिङ संघले जनाएको छ ।

यस्ता छन् प्रमुख मागहरु

– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन

– सबै स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारीसरह नघट्ने गरी व्यवस्था

– अतिरिक्त कार्यवापत भत्ता

– ज्यालादारीको अन्त्य

– तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी

प्रतिक्रिया
सम्बन्धित समाचार