आइतवार, श्रावण २४ गते २०८३

संकटमा नेतृत्व लिएका एआईजी कार्की, अहिले षड्यन्त्रको घेरामा !

आइतवार , कार्तिक १६, २०८२

काठमाडौँ । नेपाल प्रहरीको ३३औँ महानिरीक्षक आइजीपी नियुक्तिको मिति नजिकिँदै गर्दा एआईजी दान बहादुर कार्कीलाई लक्षित गर्दै योजनाबद्ध षड्यन्त्र सुरु भएको पाईएको छ ।

संकटका समयमा अन्य एआईजीहरुले जान नमानेपछि भदौ २४ गते उपत्यका प्रमुखको जिम्मेवारी सम्हाल्दै संगठनलाई निकास दिएका अधिकारीका रूपमा परिचित कार्की अहिले आफ्नै प्रतिस्पर्धी र बिचौलियाहरूको निशानामा परेका हुन् ।

हालका एआईजीहरूमध्ये बरियतामा र कार्यसम्पादनमा अग्रस्थानमा रहेका कारण सरकारका दृष्टिमा उनी ३३औँ आइजीपीका लागि सबैभन्दा बलियो दावेदारका रूपमा देखिएका छन् । 

यही सम्भावनाले उनका प्रतिद्वन्द्वीहरू र केही बिचौलियाहरू सक्रिय बनेको खुल्न आएको छ । उनीहरू कार्कीको बढुवा रोक्नका लागि विभिन्न माध्यममार्फत भ्रम सिर्जना गर्ने, नकारात्मक समाचार प्रकाशित गराउने र त्यस्ता सामग्रीलाई सामाजिक सञ्जालमा बुस्ट गर्ने कार्यसमेत गर्दै आएको देख्न सकिन्छ ।

यस अघिका ३०औँ, ३१औँ र ३२औँ महानिरीक्षकहरू बरियता र कार्यसम्पादनकै आधारमा नियुक्त भएका उदाहरणलाई हेर्दा, दान बहादुर कार्की स्वाभाविकरूपमा प्रमुख दावेदार हुन् । तर, उनको बढ्दो सम्भावनासँगै उनलाई विवादित देखाउने योजनाबद्ध प्रयास तीव्र रूपमा अघि बढिरहेको संकेत मिलेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार